२२ फागुन, काठमाडौं।
विगत पाँच वर्षको आर्थिक अवस्थालाई हेर्दा नेपाली कांग्रेसले आर्थिक वर्ष २०७१÷७२ मा सबैभन्दा बढी आम्दानी गरेको पाइएको छ।

जारी महाधिवेशनको बन्द सत्रमा कोषाध्यक्ष चित्रलेखा यादवले पेस गरेको आर्थिक प्रतिवेदनअनुसार कांग्रेसले सो आर्थिक वर्षमा सबैभन्दा धेरै अर्थात ८ करोड ११ लाख रुपैयाँ आम्दानी गरेको छ।

तर खर्च भने एक करोड ४७ लाख मात्रै भई ६ करोड ६४ लाख बचत गरेको छ। अन्य वर्षहरुमा भने आय व्यय केही कम देखिएको छ। आर्थिक वर्ष २०६७÷६८ मा ३ करोड ८३ लाख, ८७ हजार आम्दानी भएकामा ३ करोड ९४ लाख खर्च भएको छ,
यस्तै आर्थिक वर्ष २०६८÷६९ मा ८६ लाख ५२ हजार आम्दानी भएकामा ८६ लाख १६ हजार खर्च भएको छ। सो वर्ष कांग्रेसले ३५ हजार रुपैयाँ बचत गरेको देखिन्छ।

कांग्रेसको मूख्य आम्दानीको स्रोत क्रियाशील र साधारण सदस्यता वितरण, चन्दा तथा लेभी देखिन्छ। प्रतिवेदन अनुसार कांग्रेसको विभिन्न बैँक खातामा गरी १८ फागुन २०७२ सम्म ६ करोड ६७ लाख रुपैयाँ नाफा मौज्दात रहेको छ। राजधानी दैनिकमा खबर छापिएको छ।

यो पनि पढ्नुस्।
अन्ततः एक हुने भए एमाओवादी र वैद्य माओवादी
सरकारी खर्चमा उपप्रधानमन्त्रीको ‘हनिमुन ट्रिप’
कांग्रेस महाधिवेशन : एक छाकमा १५ खसी र एक टन माछा र कुखुरा
कांग्रेस महाधिवेशन : तीनै प्यानलमा भोट तानातान
कांग्रेस महाधिवेशनः भड्किलो प्रचार शैली