२८ असोज, काठमाडौं । राष्ट्रिय जनता पाटी (राजपा) नेपालले जनकपुर विमानस्थलमा अभद्र व्यवहार गरेको आरोपमा पक्राउ परेका आफ्ना सांसद प्रमोद कुमार साहलाई तत्काल रिहा गर्न माग गरेको छ ।

अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरले आज विज्ञप्ती जारी गर्दै सांसद साहलाई रिहा नगरे त्यसबाट उत्पन्न हुने असहज परिस्थितीको लागि सरकार स्वयम जिम्मेबार हुनुपर्ने चेतावनी दिएको छ । हिजो जनकपुर विमास्थलमा बुद्ध एयरको जहाज घण्टौंसम्म नआउँदा छटपटाइरहेका विरामीको पीडा हेर्न नसकेर बुद्ध एयरको काउण्टरमा सोधपुछ गर्न जाँदा सामान्य रुपमा आक्रोशित भएकासामान्य घटनालाई अतिरञ्जित बनाइएको राजपाको आरोप छ ।

हिजो सांसद साहले विमानस्थलका कर्मचारीमाथि हातपात गर्नुका साथै बुद्ध एयरको काउण्टरमा तोडफोड गरेको भन्दै प्रहरीले आज उनलाई पक्राउ गरेको थियो ।