१६ माघ, सुनसरी । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगनकुमार थापाले वर्तमान सरकारले देशलाई पछाडि धकेलेको बताएका छन् ।

सुनसरीको रामधुनी नगरपालिकामा बुधबार कांग्रेस रामधुनी नगर समितिले आयोजना गरेको नगर सम्मेलनमा उनले सरकारले देशलाई विकासको सट्टा बरबादीतर्फ लगेको आरोप लगाए ।

बहुमतप्राप्त सरकारले देशलाई अहिले विकास निर्माणतर्फ अगाडि बढाउनुपर्नेमा त्यसविपरीतका कार्य गर्ने गरेको उनको भनाइ छ ।

कार्यक्रममा कांग्रेस सुनसरीका सभापति तथा प्रदेश नं १ को प्रदेशसभाका संसदीय दलका नेता राजिव कोइरालाले नेता थापालाई पार्टीको नेतृत्वमा आउन आग्रह गरे । रासस