असार १७, २०७३सहमतिको सरकारबारे बहस चल्दै गर्दा त्यसका लागि कांग्रेसले माओवादी केन्द्रको निर्णय पर्खने बताएको यसअघि कांग्रेससँगकै छलफलपछि वैशाख २२ मा माओवादी अध्यक्ष पुष्पकमल दाहालले आफ्नो दलको नेतृत्वमा सरकार बनाउने निर्णय गरे पनि भोलिपल्ट निर्णय फिर्ता लिएका कारण कांग्रेस ढुक्क हुन सकेको छैन sher br deuwa prachanda

कतिपयले कांग्रेस माओवादी केन्द्रबीच ओली सरकार गिराउनेबारे एक मत बने पनि त्यसपछि बन्ने सरकारबारे मतभेद हुन सक्ने आँकलन गर्दैगर्दा माओवादी पक्ष भने आपसमा शंका गर्नुपर्ने कुनै अवस्था नभएको दाबी गर्छ

उच्च स्रोतका अनुसार कांग्रेस सभापति शेरबहादुर देउवाले यसअघि नै दाहाललाई प्रधानमन्त्री बनाउने बचन दिइसकेका छन् देउवाले दाहालसँग पहिले केपी ओली सरकारबाट आफ्ना मन्त्री फिर्ता गराउन आग्रह गरेको बुझिएको

यसअघि दाहालले नयाँ सरकार निर्माणका लागि वक्तव्य जारी गरे पनि उनको निर्णयमा माओवादीकै मन्त्रीहरुले असहमति राखेपछि मतभेद व्यवस्थापन गर्न उनलाई कठिन परेको थियो जसका कारण ओली सरकार गिराउने निर्णय गरेको २४ घण्टा नबित्दै उनी पछि हटेका थिए दाहालको यही निर्णयका कारण कांग्रेसको माओवादीप्रति आशंका सरकार परिवर्तनलाई एमालेसँग भएको बूँदे सहमति कार्यन्वयन गर्ने रणनीतिक योजनामा लागेको हो कि भन्ने आशंका कांग्रेसले गरेको सरकारबाट हटेर आए भने हामी खुला छलफल  गर्न तयार छौकांग्रेस उच्च स्रोतले भन्यो,‘सरकार नछाडेसम्म विश्वास गर्न सकिने आधार देखिन्न आजको कान्तिपुर दैनिकमा खबर छ।