१२ पुस, काठमाडौँ।

संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा र सत्तारुढ दलबीचको छलफल सकिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा केहीबेर अघि सकिएको बैठक सकारात्मक भएको मधेशी दलहरुले बताएका छन् ।

बैठकमा संविधान संसोधन, संसद अवरोध, स्थानीय चुनाव लगायतका विषयमा कुराकानी भएको सद्भावना पार्टीका महासचिव मनिषकुमार सुमनले जानकारी दिए ।

उनका अनुसार संविधान संसोधन गरेर मात्रै चुनावमा जाने विषयमा सत्तारुढ दल सहमत भएका छन् । बैठकमा एमालेले संसद अवरोध गरेर अलोकतान्त्रिक चरित्र देखाइरहेको भन्दै अब कुनै हालतमा संसोधन प्रस्ताव संसदमा पेश गर्नुपर्ने निश्कर्ष नेताहरुले निकालेको उनले बताए ।

‘बैठक सकारात्मक छ, उनले भने, हामी फेरि बस्ने सहमति भएको छ ।’ बैठकबाट बाहिरिने क्रममा संचारकर्मीसँग कुरा गर्दै तराई मधेश लोकतान्त्रिक पार्टीका नेता हृदयश त्रिपाठीले पनि बैठक सकारात्मक भएको र संसोधन प्रस्ताव परिमार्जन सहित पारित गरेर मात्रै चुनावमा जाने सहमति भएको बताए ।

यो पढ्नुस्।

नेपाल र चीनको सम्वन्धमा भारत तगारो बन्न संभव छैन: चिनियाँ विज्ञ

के तपाई निर्वस्त्र नुहाउँनुहुन्छ? एक पटक पढ्नुस्