८ बैशाख, काठमाडौं । सरकार र आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाबीच छलफल सुरु भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघि सुरु भएको छलफलमा मोर्चाका पहिलो र दोस्रो तहका नेताहरु सहभागी छन् ।

यसअघि सत्तारुढ नेकपा माओवादी केन्द्र, नेपाली काँग्रेस र राप्रपाका शीर्ष नेताहरु छुट्टै बसेर मोर्चाका मागमा समान धारणा बनाएको बालुवाटार स्रोतले जनाएको छ । सत्तारुढ दलको बैठक सकिएलगत्तै मोर्चाका नेताहरुलाई निर्णायक वार्ताका लागि बालुवाटार बोलाइएको हो ।

मोर्चाका मागका विषय आज टुंगो लगाएर अघि बढ्ने सरकारको तयारी छ ।