२३ असोज कपिलवस्तु । कपिलवस्तु कृष्णनगर नगरपालिका–९ बहादुरगञ्जमा गोमन सर्पको डसाइबाट आज एक जनाको ज्यान गएको छ ।

स्थानीयबासी दुुलारे हरिजनका करिब ३५ वर्षीय छोरा गंगाराम हरिजनको ज्यान गएको हो ।

दिउँसो घरमा सुतेरहेको अवस्थामा उहाँलाई गोमन सर्पले टोकेको थियो । बेलुका साढे ५ बजे हरिजनको ज्यान गएको प्रहरीले जनाएको छ ।