सर्लाही, १ बैशाख । सर्लाहीमा यात्रुबाहक बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ ।
दुर्घटनामा अरु पाँच जनाघाइते भएका छन् । घाइतेमध्ये २ जनाको अवस्था गम्भीर रहेको छ ।

काठमाडौ‌ंबाट सुनसरीका लागि छुटेको बा २ ख १३१८ नम्बरको बस सर्लाहीको नवलपुरमा अनियन्त्रित भएर पल्टिएको हो । दुर्घटनामा तीनजनाको घटनास्थमै मृत्यु भएको सर्लाही जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डिएसपी) प्रतितसिंह राठौरले जानकारी दिए। मृत्यु हुनेमा सुनसरी रामधुनी नगरपालिका ९ का श्रीकान्त चौधरी, मोरङ बुढीगंगा गाउँपालिका ६ का २२ बबी उराउ र दुहबी नगरपालिका २ का अनिल उराउ रहेका छन्।

चालक र सहचालकसहित ३७ जना सवार बसमा रहेका मध्ये पाँच जनालाई उपचारका लागि विराटनगर पठाइएको र अन्य सामान्य घाइते रहेको राठौरले बताए । जोशी हाइड्रोपावर सिन्धुपाल्चोकमा काम गर्ने मजदुरहरु बस रिजर्भ गरेर जाने क्रममा दुर्घटनामा परेको प्रहरीकाे भनाई छ ।