२६ कात्तिक, काठमाडौं । नायिका शिल्पा पोखरेललाई पक्राउ गर्नका लागि बाटो खुलेको छ । सर्वोच्च अदालतको आज उनले हालेको रिट खारेज गरेसँगै उनलाई पक्राउ गर्न बाटो खुलेको हो ।

चलचित्र निर्माता छवि ओझासँग विवाहपछि विभिन्न कारणले विवादमा आएपछि छविकी जेठी श्रीमतीले हेमा र छविमाथि बहुबिवाहको मुद्दामा उजुरी गरेकी थिइन् । उनको उजुरीपछि जिल्ला अदालत काठमाडौंले उनीहरुविरुद्ध पक्राउ पूर्जी जारी गर्न अनुमति दिएको थियो ।

अदालतले पक्राउ गर्न आदेश दिएसँग उनी फरार थिइन । जिल्ला अदालतले दिएको आदेशविरूद्ध शिल्पा सुरुमा उच्च अदालत पाटन पुगेकी थिइन् । तर पाटनस्थित उच्च अदालतले पनि जिल्ला अदालतकै निर्णय सदर गरेपनि उनी पुनः सर्वोच्च अदालतमा रिट दायर गरेकी थिइन् । उनले वारेसमार्फत साउन २९ मा दायर गरेको आज खारेज भएसँगै उनलाई पक्राउ गर्ने बाटो खुलेको हो ।

अब शिल्पासामू प्रहरीकोमा गएर अनुसन्धानमा सहयोग गर्नुको विकल्प देखिँदैन । कि त उनी जिन्दगीभर भूमिगत भएर बस्नुपर्‍यो की भने अनुसन्धानको लागि प्रहरीलाई सहयोग गर्दै हिरासत बस्नुको विकल्प छैन ।