२८ कात्तिक, काठमाडौं । बलिउड अभिनेत्री कट्रिना कैफ र अभिनेता विक्की कौशललाई कैयौंपटक सार्वजनिक स्थानमा सँगै देखिएको छ । उनीहरुलाई सार्वजनिक स्थानमा सँगै देखिएपछि उनीहरुको प्रेमसम्बन्धको चर्चा चुलिएको छ ।

कुनै पनि चलचित्रमा सँगै काम नगरेका र सँगै काम गर्ने चर्चा पनि नचलेको बेला उनीहरुलाई धेरै स्थानमा सँगै देखिएपछि उनीहरुबीच प्रेमसम्बन्ध छ की भन्ने आशंका उत्पन्न भएको छ । हालै उनीहरुले डिनर डेट पनि गरेको भारतीय मिडियामा खबर छ । डेट गएका उनीहरुले सँगै तस्बिर पनि खिचाएका थिए ।

डिनरमा विक्की क्याजुअल सर्ट, जिन्स र जुत्तामा देखिएका थिए भने कट्रिनाले एक स्कर्ट फ्लोरल ड्रेस लगाएकी थिइन् । डिनरपछि उनीहरुले रेस्टुरेन्टको मालिकसँग एक तस्बिर खिचाएका थिए । विक्कीले कट्रिनालाई मन पराउने भएकोले पनि उनीहरुबीच प्रेमसम्बन्धको हल्ला चलेको हो ।

उसो त, नायिक कट्रिना कैफको बलिउड सुपरस्टार सलमान खानसँगको प्रेमसम्बध छ भन्नेकुरा सर्वविदितै छ । सलमान आफू होस्ट रहेको कार्यक्रम बिग बोसमा पनि कैयौँपटक कट्रिनाको नाम लिइरहेका हुन्छन् । अहिलेको अवस्थामा कट्रिनाले सलमानबीच खराब सम्बन्धको खबर पनि नबारिएकोले विक्कीसँगको प्रेमसम्बन्ध हल्लामात्र भएको पनि हुनसक्ने भारतीय मिडियाहरुको भनाइ छ ।