८ असोज, एजेन्सी । बलिउड अभिनेता सलमान खानलाई ज्यान मार्ने धम्की आएको छ । जेलमा बन्द रहेको ग्याङस्टार लरेन्स विश्श्रोई ग्याङसँग जोडिएको एक सुटरले सलमानलाई ज्यान मार्ने धम्की दिएको हो ।

सलमानलाई धम्की दिएको म्यासेज अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । पञ्जाब विश्वविद्यालयको विद्यार्थी संठनको समूह सोपुको फेसबुक पेजमा ग्यारी शुटरले सलमानको तस्बिरमा रातो मार्करले क्रस लगाएर मार्ने धम्की दिएको हो । त्यसमा लेखिएको छ, ‘सलमान तँ भारतको कानुनबाट बच्न सक्छस् तर समाज र सोपूको पार्टीको कानुनले तपाई मृत्युको फैसला सुनाएको छ, सोपूको अदालतको तँ दोषी होस् सलमान । सलाम शहीदा नु ।’

ग्याङस्टार लरेन्स विश्श्रोई स्वयं यो समूहसँग आवद्ध भइसकेका छन् । विश्श्रोईले केहीमहिना अघि जोधपुरको अदालतमा पेश गर्ने समयमा प्रहरीकै अगाडी सलमानलाई मार्ने खुल्ला चुनौती दिएको थियो । त्यसपछि जोधुपुरमा पेशीको लागि पुगेका सलमानलाई थप सुरक्षा दिइएको थियो । अब एकपटक सलमान फेरि २७ सेप्टेम्बरमा जोधपुर अदालतमा उपस्थित हुनुपर्नेछ । यस्तो अवस्थामा प्रहरीले यो धम्कीलाई गम्भीरताका साथ लिएको छ । प्रहरीले यसपटक पनि उनलाई प्रर्याप्त सुरक्षा प्रदान गर्ने जनाएको छ ।

उनी २४ वर्षअघिको कालो हरिणको मुद्दाको सुनुवाईको लागि जोधपुर जाँदैछन् ।