२३ फागुन, एजेन्सी । बलिउड सुपरस्टार सलमान खानका धेरै साथीहरु छन्, यद्यपि उनी बलिउडकै केही कलाकारुहरुलाई भने मन पराउँदैनन् । एकपटक छुटेको सम्बन्ध उनी प्राय सुधार्ने गर्दैनन् । उनी एकपटक साथी छुटिसकेको व्यक्तिसँग माफी माग्दा पनि माग्दैनन् माफी दिँदा पनि दिँदैनन् । सलमान खानको यो लिस्टमा अर्का एक स्टार कलाकारको पनि इन्ट्रि भएको छ, उनको नाम हो विक्की कौशल ।

विक्की कौशलः
केहीसमय अघि एक अवार्ड समारोहमा रमाइलोको रुपमा सलमानकै अगाडि विक्की कौशलले कट्रिना कैफलाई प्रेमप्रस्ताव राखेका थिए । उक्त समय सलमान मुस्कुराइरहेका पनि थिए । तर दिन बित्दै जाँदा विक्की कौशल र कट्रिना नजिकिएको समाचार मिडियाम लगातार आएसँगै सलमान विक्कीसँग रिसाएको भारतीय मिडियाले उल्लेख गरेको छ । सलमान रिसाएपछि विक्की कौशलको फिल्मसँग फिल्म जुधाउन लागेको भन्दै भारतीय चर्चित अनलाइन एबिपीन्यूजले एक रिपोर्ट प्रकाशित गरेको छ । सलमानले आगामी डिसेम्बरमा विक्की कौशलको फिल्म ‘तख्त’ सँग आफ्नो फिल्म ‘किक–२’ जुधाउन सक्ने भन्दै समाचारमा अनुमान गरिएको छ । उसो कट्रिना कैफको कारणले सलमान खानको रिसमा पर्ने विक्की कौशल पहिलो मानिस भने होइनन् । यसअघि पनि उनीलाई रिस उठाउने र उनीसँग दुस्मनी गर्नेहरुको करिअरमा खासै प्रगति गर्न सकेका छैनन् ।

विकेक ओबेरोयः
फिल्मी करिअरमा सलमान खानसँगको सम्बन्ध बिग्रेका पहिलो व्यक्ति हुन् कलाकार विवेक ओबेरोय । विकेक र सलमानको शत्रुताको बारेमा पूरै बलिउड जानकार छ । यो शत्रुताको प्रमुख कारण थिइन् विश्वसुन्दरी एवं बलिउड नायिका ऐश्वर्या राय बच्चन । ऐश्वर्या र सलमान प्रेमसम्बन्धमा थिए र उनीहरुको ब्रेकअपपछि ऐश्वर्या विवेक ओबेरोयसँग नजिकिन थालिन् । तर सलमानलाई यो कत्तिपनि मन परेको थिए । त्यसपछि उनीहरु खासै एउटै सभासमारोहमा देखिँदैनन् । उक्त घटनापछि विवेकको करिअरको ग्राफ खासै उठ्न सकेको छैन ।

vivek with ais

अरजित सिंहः
भारतीय गायक अरिजित सिंहको आवाज सलमान खानबाहेका सबैलाई राम्रो लाग्छ । सलमान र अरिजितको कन्ट्रोभर्सीले पनि एकपटक बलिउड खुब तातेको थियो । एक अवार्ड शो मा सलमान खान होस्टको रुपमा थिए र अरिजितलाई सम्मानित गर्नको लागि बोलाइयो । तर अरिजित अवार्ड शो मा ढिला आएका थिए । त्यही कारण सलमानले उनलाइ अवार्ड शो मै भनेका थिए, ‘सुतेको थियौ र ?’ त्यसको जवाफमा अरिजितले भनेका थिए, ‘तपाईंहरु यस्तो बोर गराउनुहुन्छ अनि सुत्दैनन् ।’ त्यसबेला देखि सलमान खानले अरिजित सिंहसँग काम गरेका छैनन् । सलमानसँगको दुस्मनीपछि अरिजितलाई चलचित्रमा लिने हरुको संख्या कम भएको छ ।

रेणुका शहाणेः
फिल्म ‘हम आपके है कोन’ मा सलमान खानको भाउजुको भूमिका निभाएकी कलाकार रेणुका शहाणेले सलमान खानको हरिण मारेको काण्डबारेमा बोलेकी थिइन् । सम्पूर्ण बलिउड चुप रहेको बेला उनले सलमानविरुद्ध एक फेसबुक पोस्ट गरेकी थिइन् । फेसबुक पोस्टमा सलमान खानलाई ५ वर्षको जेल सजाय भनेपछि छोडिएको प्रति उनले असन्तुष्टि प्रकट गरेकी थिइन् । त्यसपछि उनीहरुबीच खासै राम्रो सम्बन्ध छैन । त्यसपछि उनले चलचित्रमा काम नै गरेकी छैनन् ।

अनुराग कश्यपः
बलिउडका चर्चित एवं सफल निर्देशक अनुराग कश्यपसँग सलमानको अनबन फिल्म ‘तेरे नाम’ बाट शुरु भएको थियो । अनुरागले ‘तेरे नाम’ फिल्मको निर्देशन गर्दै थिए भने सलमान सोही फिल्मको कलाकार । उक्त समयमा अनुरागले सलमानको कपालका भद्दा टिप्पणी गरेका थिए । उनले सलमानको कपाल उत्तरप्रदेशका केटीहरुको जस्तो देखिएको भनेका थिए । अनुराग कश्यपले चलचित्र क्षेत्रमै भएता पनि पछिल्लो समय उनका चलचित्रहरुले दर्शकको मन जित्न सकेको छैन ।

रणबीर कपूरः
सलमान खानसँग रणबीर कपूरको दुस्मनी पनि विवेक ओवरोयको जस्तै छ । कट्रिना कैफसँगको ब्रेकअपपछि रणबीर र कट्रिना एकअर्कासँग नजिकिन पुगेका थिए । उनीहरु प्रेममा रहेको प्रसंग पनि चलिरहेको थियो । सलमान कट्रिना कोहीसँग नजिक भएको कुरा सलमानलाई मन पर्दैनथ्यो । तर रणबीरले उनलाई मन नपर्ने काम गरिरहेका थिए । कट्रिना र रणबीर प्रेमको बारेमा बेलाबेलामा सलमानले एकदमै भद्दा कमेन्ट पनि गरेका थिए । सलमानसँगको दुस्मनीपछि रणबीरले खासै चलचित्रहरुमा काम गरेका छैनन् । सञ्जय दत्तको बायोग्राफीमा आधारित फिल्म ‘सञ्जु’ पछि उनले कुनैपनि फिल्ममा काम गरेका छैनन् ।