एजेन्सी ।

लामो समय सम्मको गहिरो सम्बन्ध तोडेर सम्बन्ध विच्छेद गरेका बलिउडका २ सेलिब्रेटी सलमान खान र ऐश्वर्या बच्चन आजकल भेट्दैनन् । एक अर्काको बारेमा बोल्दैनन् पनि ।

उनीहरुबीच भेट नभएको धेरै भैसक्यो । तर हालै मात्र मुम्बाइको एक स्टुडियोमा भने यी पुराना प्रेमी जोडी एउटै समयमा देखा परे । उनीहरुले सँगै फोटो सुट गरेका होइनन् तर संयोगले उनीहरु त्यहाँ पुग्ने समय र सुटिङको समय भने एउटै परेको थियो ।

salman-aishwarya

सलमान खानले स्टुडियोमा ब्रान्ड ‘बीइङ ह्यूमन’ क्याम्पनका लागि शुटिङ गर्दै थिए भने ऐश्वर्या भने एक म्यागजिनको कभरका लागि फोटो शुट गरिरहेकी थिइन् ।

एउटै स्टुडियो भएपनि सलमान र ऐश्वर्याको भेट र कुराकानी भने भएन ।

सन् १९९५ मा सलमान र ऐश्वर्या निक्कै निकट थिए । उनीहरुबीच सम्बन्ध तिक्कतापूर्णरुपमा सकिएको थियो । अहिले ऐश्वर्या बच्चन परिवारमा बुहारी बनेर छोरी जन्माइसकेकी छिन् ।