६ भदौ, काठमाडौं । नेपाल प्रहरीका प्रमुख आइजीपी सवेन्द्र खनालले चितवन प्रहरीको हिरासतमा रहेका सञ्चारकर्मी रबि लामिछानेलाई भेटेका छन् ।

शुक्रबार चितवनको प्रहरी कार्यालय निरीक्षण भ्रमणको क्रममा रहेका खनालले सञ्चारकर्मी रबि लामिछाने, युवराज कँडेल र अस्मिता भनिने रुकु कार्कीलाई अनुसन्धानमा सहयोग गर्न आग्रह गरेका छन् ।

शालिकराम पुडासैनीले आत्महत्या गर्नुपूर्व रेकर्ड गरेको भिडियोमा तीनजनाको नाम लिएपछि उनीहरुलाई काठमाडौंबाट पक्राउ गरेर चितवन लगिएको थियो ।