२१ कात्तिक, दाङ । शान्तिनगर–३ मा आफ्नै ज्वाईमाथि खुकरी प्रहार भएको छ । घोराही उपमहानगरपालिका–१० नारायणपुर बस्ने ४१ वर्षीया मधु कुमारी मल्लले ज्वाईं ३१ वर्षीय गणेश चन्दलाई खुकुरी प्रहार गरेकी छन् ।

खुकरी प्रहारबाट चन्द घाइते भएको छन् । घटनाको जानकारी पाउनेबित्तिकै जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीले मधु कुमारीलाई पक्राउ गरेको छ ।

गणेश चन्द र उनकी श्रीमती ससुराली गएको अवस्थामा श्रीमान श्रीमती बीच सामान्य बिबादको बिषयलाई लिएर मधु कुमारीले ज्वाईलाई खुकुरी प्रहार गर्दा घाइते भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

गम्भीर घाइते अवस्थामा रहेका चन्दलाई उपचारको लागि राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराही लगिएकोमा थप उपचारको लागि नेपालगञ्ज बाँके रिफर गरिएको छ । घटनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।