२८ भदौ, काठमाडौं । साँखुमा एक युवकले प्रहरीलाई ५ सय रुपैयाँ घुस दिन खोज्नेलाई पक्राउ गरिएको छ ।

शंकरापुर नगरपालिका–६ साँखुस्थित डिउटीमा खटिएको प्रहरीलाई नगद ५ सय रुपैयाँ दिई आर्थिक प्रलोभनमा पार्न खोज्ने शंकरापुर नगरपालिका–२ पटास बस्ने २९ वर्षीय शुकुराम तामाङलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको प्रहरी प्रधान कार्यालय नक्सालले जनाएको छ ।

फाइल तस्बिर

महानगरीय प्रहरी प्रभाग साँखुबाट खटिएको प्रहरीले बा ४ ख ७२६३ नम्बरको बस जाँच गर्ने क्रममा चालक तामाङले मादक पदार्थ सेवन गरी बस चलाएको फेला पारी कारवाही गर्न खोज्दा उनले उक्त रकम दिई प्रलोभनमा पार्न खोजेपछि रकम सहित उनलाई प्रहरीले पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।