१८ मंसिर, चितवन । १३ औँ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत साइक्लिङमा नेपालले पहिलोपटक स्वर्णपदक जितेको छ ।

राजधानीको गोकर्णमा भएको साइक्लिङको डाउनहिलमा नेपालले ५ पदक जितेको छ । पुरुषमा तीन र महिलामा दुई पदक नेपालले हात पारेको हो । यो सँगै नेपालको स्वर्ण पदक संख्या २७ पुगेको छ ।

गोकर्णमा भएको प्रतिस्पर्धामा नेपालले पुरुषतर्फ शीर्ष तीन स्थान हात पार्‍यो । जसमा पुरुषमा राजेश मगरले स्वर्ण जिते । महिलामा निश्मा श्रेष्ठ पहिलो भइन् । दोस्रो स्थान पनि नेपालले नै हात पार्‍यो ।