२५ मंसिर, काठमाडौं । १३ औँ दक्षिण एसियाली खेलकुद (साग)मा स्वर्ण पदक जित्ने खेलाडीलाई सरकारले जनही ९ लाख रुपैयाँ दिने घोषणा गरेको छ ।

त्यस्तै रजत विजेता ६ लाख र कास्य विजेतालाई ३ लाख रुपैयाँ दिने घोषणा सरकारले गरेको छ । एकभन्दा बढी स्वर्ण जित्ने खेलाडीलाई भने ११ लाख दिइने छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार दिउँसो सागमा पदक जितेका खेलाडीहरुलाई बालुवाटार बोलाएर प्रोत्साहन प्याकेज घोषणा गरेका हुन् ।

एकभन्दा बढी स्वर्ण जितेकाहरुले ११ लाख पाउनेछन् भने टीम गेम (फुटबल, भलिबल, क्रिकेट)मा स्वर्ण ल्याउने खेलाडीलाई जनही ५ लाख दिइनेछ । नेपालले सागमा ५१ स्वर्ण, ६० रजत ९५ कास्य गरी २०६ वटा पदक जित्न सफल भएको थियो ।