१६ मंसिर, काठमाडौं । १३ औं दक्षिण एशियाली खेलकुद (साग) प्रतियोगितामा नेपालले आज पहिलो दिन नै १५ स्वर्णपदक प्राप्त गरेको छ । कराते र तेक्वान्दोबाट ७–७ र ट्रायथलनबाट एक स्वर्ण हात पारेको हो ।

करातेबाट नेपालले पदकको खाता खोलेको हो । करातेका मण्डेकाजी श्रेष्ठले एकल कातामा स्वर्णपदक दिलाएका हुन् । कराते टिम काता पुरुषतर्फ पनि नेपालले स्वर्णपदक जित्यो । मण्डेकाजी श्रेष्ठ, प्रविण मानन्धर र महसुस तामाङले स्वर्ण पदक दिलाएका हुन् ।

कराते टिम काता, महिलातर्फ निर्मला तामाङ, संगिता मगर, सरु कार्कीले स्वर्ण पदक जिते । व्यक्तिगत स्पर्धामा कराते ५५ केजी तौल समूहमा लक्ष्मण तामाङले स्वर्ण पदक हात पारे ।

कराते ८४ केजीमाथि विप्लवलाल श्रेष्ठ, कराते ४५ केजी मुनि कुसुम खड्का, कराते ५० केजी मुनी अनु अधिकारी, तेक्वान्दो पुम्सेमा (२३–२९ वर्ष) कमल श्रेष्ठले स्वर्ण दिलाए । तेक्वान्दो पुम्से ( १७ –२३ वर्ष ) सिना मादेन लिम्बू, तेक्वान्दो पुम्से (२३ –२९ वर्ष ) पार्वती गुरुङ, तेक्वान्दो पुम्से (२९ वर्ष माथि ) आयशा शाक्य, तेक्वान्दो पुम्से (२९ वर्ष माथि ) आयशा शाक्य र सञ्जिकुमार पाण्डे, तेक्वान्दो पुम्से महिला (१७–२३ वर्ष ) निशा दर्नाल, स्वस्तिमा तामाङ र सञ्जिला तिमल्सिना र ट्रायथलनतर्फ सोनी गुरुङले नेपाललाई स्वर्ण दिलाएका हुन् ।

२३ वर्षमाथिको पुम्सेमा पनि नेपालले स्वर्णपदक जितेको छ । निता गुरुङ, प्रशंसा क्षेत्री र सुशीला राईको टोलीले स्वर्ण दिलाएको हो । यो सँगै करातेमा मात्रै नेपालले ७ वटा स्वर्ण जितेको छ ।