१८ मंसिर, काठमाडौं । १३ औं दक्षिण एशियाली खेलकुद साग अन्तर्गत पुरुष फुटबलमा नेपाल श्रीलंकासँग बराबरीमा रोकिएको छ ।

खेलको पहिलो हाफमा सुजल श्रेष्ठको गोलबाट अग्रता लिएको नेपालले अग्रता अन्तिमसम्म टिकाउन सकेन । नेपालले ३३ औं मिनेटमा पाएको पेनाल्टी सुटआउटलाई सुजलले गोलमा परिणत गरेका थिए ।

तर थप गरिएको ४ मिनेटमा सम्हालिन नसक्दा नेपालले गोल खान पुग्यो र अंक बाँड्न बाध्य भयो । दुवै टिमले एक एक अंक बाँडेका छन् । इन्जुरी समयमा पाएको फ्रिकिक मार्फत् सुन्दर गाेल गर्दै श्रीलंकाले खेल बराबरी गर्यो । नेपालले पहिलो खेलमा भुटानविरुद्ध ४–० को सानदार जित दर्ता गरेको थियो ।