१६ मंसिर, काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत महिला क्रिकेटमा नेपालले नयाँ किर्तिमान बनाएको छ ।

पोखरामा भएको माल्दिभ्सविरुद्धको खेलको पहिलो ओभरमै जित निकाल्ने क्रममा नेपाली खेलाडी अञ्जली चन्दले नयाँ विश्वरेकर्ड बनाएकी हुन् । माल्दिभ्सलविरुद्धको बलिङमा ६ विकेट लिनेक्रममा अञ्जली एक रन पनि दिइनन् । यो विश्वकै पहिलो रेकर्ड हो ।

यसअघि कम रन दिएर धेरै विकेट लिने कीर्तिमान मलेसियाकी मास एलिसाले बनाएकी थिइन् । एलिसाले चीनविरुद्ध चार ओभरमा एक मेडन राख्दै तीन रन दिएर ६ विकेट लिएकी थिइन् । उनको किर्तिमानलाई अञ्जलीले तोडेकी हुन् ।

अञ्जलीको धारिलो बलिङकै कारण माल्दिभ्स १६ रनमा अलआउट हुन पुग्यो । केबल १७ रनको लक्ष्य पछ्याएको नेपालले ५ बलमै जित निकालेपछि १० विकेटको सानदार जित निकाल्यो ।