१७ मंसिर, काठमाडौं । १३ औं दक्षिण एशियाली खेलकुद साग महिला भलिबल प्रतियोगिताको फाइनलमा नेपालले भारतमाथि लगातार दबाब बढाएको छ ।

पहिलो सेट १७–२५ले गुमाएको नेपालले दोस्रो र तेस्रो सेटमा लगातार जित हात पारेको हो । दोस्रो सेट नेपालले २५–२३ र तेस्रो सेट २५–२१ ले जितेको हो । निकै प्रतिष्पर्धात्मक खेलमा नेपाली खेलाडीलाई घरेलु दर्शकले निकै हौसला प्रदान गरिरहेका छन् ।

अब एक सेट जितेमा नेपालले सागको इतिहासमै महिला भलिबलमा पहिलो पटक स्वर्ण जित्नेछ । नेपालले महिला भलिबलमा अहिलेसम्म काश्यभन्दा ठूलो पदक जितेको छैन ।