१७ मंसिर, काठमाडौं । १३ औं दक्षिण एशियाली खेलकुद साग महिला भलिबल प्रतियोगितामा नेपालले रजत पदकमा चित्त बुझाएको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको हलमा भएको फाइनलमा नेपाल भारतसँग ३–२ को सेटमा पराजय भोग्न बाध्य भएको हो । फाइनल खेलमा लगातार भारतलाई दबाबमा राखेको नेपालले जित नजिक पुगेर पराजय भोग्न बाध्य भयो । पहिलो सेट १७–२५ले गुमाएको नेपालले दोस्रो र तेस्रो सेटमा लगातार जित हात पार्यो ।

दोस्रो सेट नेपालले २५–२३ र तेस्रो सेट २५–२१ ले जितेको हो । तर चौथो सेटमा नेपाल जित नजिक पुगेर पनि हार्न बाध्य भयो । चौथो सेट २५–२० ले भारतले जित्यो । पाँचौं तथा निर्णायक सेटमा नेपाल सम्हालिन सकेन ।

निकै प्रतिष्पर्धात्मक खेलमा नेपाली खेलाडीलाई घरेलु दर्शकले निकै हौसला प्रदान गरेपनि नेपाली खेलाडीको तालमेल बिग्रियो । नेपालले अन्तिम सेट ६–१५ ले गुमायो ।