प्रयास पराजुली
१३ कात्तिक, काठमाडौं ।

chandragiri-cablecar-kathmandu-view-6

राजधानीको चन्द्रागिरीमा सञ्चालमा आएको केबलकार साढे दुई महिनाको अवधिमा १ लाख ३० हजार मानिसहरुले चढेका छन् । गत साउन २४ गतेबाट केबलकार सञ्चालनमा आएको थियो ।

chandragiri-cablecar-kathmandu-view-13

नेपालको दोस्रो व्यापायिक केबलकार राजधानीको चन्द्रागिरीमा सञ्चालनमा आएपछि आन्तरिक एवं बाह्य पर्यटकहरु आर्कषित भएका छन् । भूकम्प नाकाबन्दीको कारण निर्माणमा कार्यमा केही ढिलाई भएको कारण साउन अन्तिम साताबाट चन्द्रागिरीमा केबलकार सञ्चालनमा आएको थियो ।  chandragiri-cablecar-kathmandu-view-12

अत्याधुनिक प्रविधिको प्रयोग गरेर निर्माण गरिएको केबलकार सञ्चालनमा आएपछि चन्द्रागिरीलाई नेपालकै प्रमुख पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने  लक्ष्य निर्माण कम्पनीले ल्याएको छ ।  chandragiri-cablecar-kathmandu-view-11

थानकोटको त्रिभुवन पार्कसँगै रहेको बटम स्टेसनबाट र टप स्टेसन पुग्न साढे दुई किलोमिटरको यात्रा गर्नको लागि केलबकारबाट जम्मा नौ मिनेट मात्र लाग्छ । बटम स्टेसनबा टप स्टेसन पुग्न नौ मिनेटमा पुग्न सकिन्छ । केबलकार निर्माणसँगै अत्याधुनिक सुविधासम्पन्न रिसोर्ट, मनोरञ्जन पार्क, भ्युटावर र महादेवको मन्दिरसमेत प्रालिले निर्माण गरी आकर्षक गन्तव्यको रुपमा पहिचान दिने गरी सञ्चालमा ल्याएको छ ।  chandragiri-cablecar-kathmandu-view-10

समुद्री सहतबाट २ हजार ५ सय ४० मिटर उचाईमा रहेको चन्द्रागिरीबाट काठमाडौं उपत्यका, मकवानपुर, अन्नपूर्णदेखि सगरमाथासम्मका हिमाली श्रृङखलाहरु सहज रुपमा अवलोकन गर्न सकिन्छ । चन्द्रागिरीको सबैभन्दा उच्च भागमा भालेश्वर मन्दिर निर्माण गरिएको छ ।  chandragiri-cablecar-kathmandu-view-9

पृथ्वीनारायण शाहले काठमाडौंमाथि विजय प्राप्त गर्नु अघि भालेश्वर महादेवको दर्शन गरी आशीर्वाद लिएको धार्मिक शास्त्रहरूमा उल्लेख गरिएको पाइन्छ । साथै यस स्थानलाई सतीदेवीको निधार पतन भएको स्थान भएकाले भालेश्वर नामकरण गरिएको स्थानीय बताउँछन ।  chandragiri-cablecar-kathmandu-view-8

केबलकारसहितको सम्पूर्ण परियोजनामा ग्लोबल आईएमई समूह, भाटभटेनी, अम्बिकाप्रसाद पौडेल, उत्तम नेपाल, नवराज नेपाल र उमा जीसीको लगानी रहेको छ ।
टावरमा ३८ वटा गोन्डला (केबलकार बक्स) जडान गरिएको छ । केबलकार बक्स निकै अत्याधुनिक रहेको छ । chandragiri-cablecar-kathmandu-view-7

एउटा केबलकारमा एकै पटक आठ जना बस्न मिल्छ । प्राकृतिक रुपले सुन्दर चन्द्रागिरीलाई ऐतिहासिक र धार्मिक दृष्टिकोणले पनि महत्पूर्ण क्षेत्रको रुपमा  स्थापित छ । केबलकारका साथै  थानकोबाट १० किलोमिटर सडक यातायात मार्फत पनि चन्द्रागिरी डाँडोमा पुग्न सकिन्छ ।  chandragiri-cablecar-kathmandu-view-5नेपालमा मनकामना केलबकारपछिको चन्द्रागिरी केबलकार दोस्रो व्यावसायिक परियोजना हो । परियोजनाका अनुसार बटम स्टेसनमा दुई सय कार, चास सय मोटरसाइटक र एक सय बस पार्किङ गर्ने पार्किङस्थलको व्यवस्था गरिएको छ । लोडसेडिङको समयमा जेनेरेटर मार्फत सेवा उपलब्ध गराउदै आएको छ  ।  chandragiri-cablecar-kathmandu-view-3 chandragiri-cablecar-kathmandu-view-16 chandragiri-cablecar-kathmandu-view-15 chandragiri-cablecar-kathmandu-view-14