१५ फागुन, काठमाडौ । काठमाडौँ उपत्यकाभित्र बढ्दै गरेको चोरी, लुटपाट, गुण्डागर्दी, जस्ता अपराधलाई नियन्त्रण गर्न सञ्चालन गरिएको ट्यापे, मुन्द्रे, गुण्डा नियन्त्रण लिने अभियानमा तीन महिलासहित ७११ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
नियन्त्रणमा लिएकाहरुको नाम, थर, वतन, हुलिया, औठाछाप, फोटो राख्ने कार्य सुरु गरिएको महानगरीय प्रहरी परिसर हनुमानढोकाले जनाएको छ ।
उक्त अभियानअन्तर्गत लामो अशोभनिय कपाल पालेकाको कपाल निजको अभिभावकको रोहबरमा काटिएको, अब उपरान्त त्यस्ता प्रकारको गतिविधि पहिरन र हुलिया बनाइ नहिँड्ने चेतावनी दिएको प्रहरीले जनाएको छ ।
सो अभियानमा महाराजगन्जबाट ६५, बानेश्वरबाट ८३, बौद्धबाट ७१, कालिमाटीबाट ९३, बालाजुबाट १०५, बुढानिलाकण्ठबाट ५, साँखुबाट ५, गौशालाबाट ३२, कपनबाट ३९, कोटेश्वरबाट ११, कीर्तिपुरबाट पाँच, थानकोटबाट एक, स्वयम्भूबाट ३१, जनसेवाबाट २२, दरवारमार्गबाट १७, कमलपोखरीबाट ३२, सोह्रखुट्टेबाट ४१, सिंहदरबारबाट ४२, गोंगबुबाट नौ र फर्पिङबाट चार जना नियन्त्रणमा लिएको उल्लेख गरिएको छ । रासस