२ असोज, एजेन्सी । भारतको मध्यप्रदेशमा कलेज भित्रै छात्रामाथि चक्कु आक्रमण भएको छ ।

सतनाको अरमरपाटन कलेजमा बुधबार भएको आक्रमणमा छात्रा गम्भीर घाइते भएकी छन् । बीए दोश्रोवर्षमा अध्ययनरत छात्रालाई एक सनकी युवकले आक्रमण गरेका थिए । छात्रालाई स्थानीय अस्पतालमा भर्ना गरिएको छ । उनको घाँटीमा ८ टाँका लगाइएको छ ।

स्थानीय अधिकारीका अनसार आक्रमण गर्ने युवकको नाम मुनेन्द्र बर्मा हो । पीडित छात्रासँगको बयानमा मुनेन्द्र बर्मा रामनगर क्षेत्रमा उनको छिमेकी थियो । युवकले पछिल्लो केही समयदेखि आफूलाई पछ्याइरहेको थियो । पीडित छात्राले यसको बारेमा मुनेन्द्रको परिवारलाई पनि भनेकी थिइन् । आरोपी बुधबार अमरपाटन कलेज गएका थिए र एकान्तको मौका पारी छात्राको घाँटी रेटेका थिए ।

आरोपी मुनेन्द्रले छात्रालाई मन पराउने गरेको खुलेको छ । मुनेन्द्रले छात्रासँग साथी बन्न चाहेको र बारम्बार फोन गर्ने गरेका थिए । तर छात्राले उनीसँग साथी बन्न अस्वीकार गर्दै फोन उठाउन छाडेपछि मुनेन्द्रले हतियार लिएर छात्राको कलेजमै गएर घाँटी काटेका थिए ।