काठमाडौं, १९ जेठ । ललितपुरको सानेपामा भयानक दुर्घटना हुँदा एक पत्रकारसहित २ जनाको मृत्यु भएको छ ।

बा १६ च ४७ ४३ नम्बरको स्कर्पियोले बा ४३ प ९८६३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुबैजनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा नेपाल कृषि पत्रकार प्रतिष्ठान (जोना) का अध्यक्ष गोबिन्दप्रसाद शर्मा रहेका छन् । नुवाकोटका २८ वर्षीय चन्द्रमणी मधुहारीको पनि मृत्यु भएको छ । प्रत्यक्षदर्शीका अनुसार दुई वटा जीप ठोक्किएर मोटरसाइकललाई ठक्कर दिन पुगेको थियो ।