सामसुङले आफ्नो नयाँ फोल्डिङ स्मार्टफोनको रिलिज स्थगित गरेको छ।  पूर्व प्रतिक्रियाका लागि सार्वजनिक भएका  फोल्डिङ स्मार्टफोनको स्क्रिनमा समस्या देखिएपछि सामसुङले रिलिज स्थगित गरेको हो। रिलिज २६ अप्रिलको लागि तय गरिएको थियो।

samsung galaxy 2117037

फोल्डिङ फोनको लञ्च स्थगित गरिएकोमा सामसुङले ‘आएका प्रतिक्रियाहरु विश्लेषण गरी फोनको अझै आन्तरिक
परीक्षण गरिने’ बताएको छ।

लञ्च पूर्व रिभ्युअरहरुले गरेको परीक्षणमा ग्यालेक्सी फोल्ड केहि दिनमा नै बिग्रिएको भेटिएको हो।

झण्डै २००० डलर मूल्य पर्ने यो फोन कहिले बजारमा आउँछ सार्वजनिक भएको छैन।

लञ्च गर्ने नयाँ मिति सामसुङले चाडै सार्वजनिक गर्ने बताएको छ।

सामसुङले जारी गरेको एक विज्ञप्तीमा ‘रिभ्युअरहरुको फोनको फोल्ड ‘फोनको तल र माथी रहेको हिन्जमा दबाब पर्दा’ बिग्रेको हुनसक्ने’ बताइएको छ।

samsung galaxy 3208497

रिभ्युको लागि पठाइएका यी सेटहरुमा खराबी आउनुको कारण अनुसन्धान भइरहेको कोरियन कम्पनी सामसुङले बताएको छ।

कतिपय रिभ्युअरहरुले स्क्रिन प्रोटेक्टर सोचेर स्क्रिनको माथी टाँसिएको कोटिङ निकालेर परीक्षण गरेकाले पनि यस्तो समस्या आएको भनिएको छ। विज्ञप्तीमा ‘स्क्रिनको सुरक्षात्मक तह बलियो बनाइने’ सामसुङले भनेको छ।

सामसुंको ग्यालेक्सी फोल्डले कम्पनीलाई उत्कृष्ट र दुरदर्शी आविष्कारकको छवी बनाउने आशा गरिएको थियो। तर लाजमर्दो स्थिति पैदा भयो। तर यसरी स्मार्टफोनमा समस्या आएको सामसुङको लागि पहिलो घटना भने होइन। यो भन्दा अघि ग्यालेक्सी नोट ७ पड्किएको घटनाले सामसुङको बजार प्रभावित भएको थियो।

यो भिडियो  हेर्नुस्ः

[youtube https://www.youtube.com/watch?v=vtqtyyGZvXM&w=838&h=419]