१४ मंसिर, काठमाडौं । सरकारले राष्ट्र निर्माता पृथ्वीनारायण शाहको जन्म दिन पुस २७ गते सार्वजनिक बिदा दिने निर्णय गरेकोमा राष्ट्रिय प्रजातन्त्र पार्टीले त्यसको स्वागत गरेको छ ।

पार्टीका प्रवक्ता भुवन पाठकले जारी गरेको विज्ञप्तिमा आज साँझ बसेको मन्त्रिपरिषद् वैठकले गरेको उक्त निर्णयले मुलुकमा सबै जातजातिकाबीच राष्ट्रिय एकता कायम गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ ।

विगतमा उक्त दिनमा बिदाको प्रचलन रहेको भए पनि मुलुकमा सम्पन्न भएको दोस्रो जनआन्दोलनपछिका सरकारले सो बिदा कटौती गरेको थियो ।

सो पार्टीले स्थापनाकालदेखि नै पुस २७ गते सार्वजनिक बिदाको माग गरी एकता दिवस मनाउन सुझाव दिँदै आएको थियो ।