१२ भदौ, एजेन्सी । दक्षिण भारतका सुपरस्टार प्रभास अभिनित चलचित्र ‘साहो’ ले प्रदर्शन अगाडि नै बलिउडका सबै रेकर्डहरु तोडेको छ । ३ सय ५० करोडको ठूलो बजेटमा बनेको साहोलाई देशभरमा ठूलो स्केलमा प्रदर्शन गर्ने तयारी गरिएको छ ।

रिपोटका अनुसार सोहोले स्क्रिन शेयरको विषयमा बाहुबली–२ र रजनीकान्तको ‘विज्ञान आख्यान’ चलचित्र २.० को रेकर्ड पनि तोडेको छ । साहोले भारतमा १० हजार स्क्रीनमा प्रदर्शन गरिँदैछ। साहोले भारतमा पहिलो दिन ७५ करोडको व्यापार गर्ने केही ट्रेड रिपोर्टले अनुमान गरेको छ ।

प्रभासको यो भन्दा अगाडि प्रदर्शन भएको चलचित्र ‘बाहुबलि – २’ ले विश्वभरमा ९ हजार स्क्रिन पाएको थियो। यस्तै रजनीकान्त र अक्षय कुमारको चलचित्र– २.० ले विश्वभरमा १० हजार स्क्रिन पाएको थियो ।

साहोलाई अमेजनले ४० करोडको डिजिटल राइट्समा किनेको छ । यस्तै साहोलाई तेलुगू, मलयालम, तमिलले स्याटलाइट राइस्ट ७० करोड हिन्दी र हिन्दी राइट्स पनि ७० करोडमा बिकिसकेको छ ।

साहो चार भाषामा प्रदर्शन हुँदैछ । यसमा हिन्दी, तमिल, तेलुगु र मलयादम भाषा समावेश छन् । यो प्रभासको पहिलो बलिउड चलचित्र हो । प्रभासले पहिलो पटक आफैले हिन्दीमा बोलेका छन् । साहोमा प्रभासको जोडीको रुपमा श्रद्धा कपूर छिन् ।