२८ पुस, एजेन्सी । अस्ट्रेलियाको सिड्नीमा एक बेलायती युवतीको ढुङ्गामा खसेर मृत्यु भएको छ ।

२१ वर्षीय मदल्यान डेभिस आइतवार बिहान पूर्वी उपनगरस्थित डायमंड बेको क्लिफ टापुमा घाइते भएकी थिइन् ।

न्यू साउथवेल्स प्रहरीका अनुसार उनको शव डायमण्ड टापुमा भेटिएको थियो । लिंकनशायरकी श्रीमती डेभिस केही सातादेखि अष्ट्रेलियामा बस्दै आएकी थिइन् ।

साँझ ६ः३० बजे उद्दारको लागि फोन आएको त्यहाँको इर्मजेन्सी सेवा कम्पनीले जनाएको छ । उनको शरीर चार घण्टा पछि पानीबाट निकालिएको थियो ।