प्रयास पराजुली
काठमाडौं ।
सुन्दर शान्त रमणीय वातावरण रहेको भक्तपुरको सिद्ध पोखरीमा मायालू जोडीहरुको भीडभाड हुने गरेको छ । राजधानी काठमाडौंबाट नजिकै रहेको सिद्ध पोखरीमा घुम्न आउनेहरुमा अधिकांश मायालु जोडी हुने गरेका छन् ।Siddha Pokhari Bhaktapur  (5)

पोखरीमा रहेको माछा हेर्नको लागि पनि मानिसहरुको भीड लाग्ने गर्छ । बर्षमा एक पटक मात्र पोखरीको माछा मार्ने मेला लाग्ने गर्छ । बढ्दो शहरीकरणसँग मनोरञ्जनात्मक पार्क पनि कम हुँदै गएका छन् ।Siddha Pokhari Bhaktapur  (8)

पोखरी हेर्नको लागि दैनिक दुई ती हजार भन्दा बढी मानिसहरु आउने गरेका छन् । पोखरीको भक्तपुर नगरपालिकाले संरक्षण र सम्बर्धन गर्दै आएको छ ।Siddha Pokhari Bhaktapur  (3)सिद्ध पोखरी भक्तपुर जिल्लाको पश्चिममा अवस्थिति मानव निर्मित पोखरी हो । सिद्ध पोखरी धार्मिक एवं पर्यटकीय क्षेत्रको रुपमा परिचित रहेको छ । पोखरी १ सय ५८ मिटर लम्बाई, ७२ मिटर चौडाई र ४ मिटर गेहिरो रहेको छ ।Siddha Pokhari Bhaktapur  (9)

विक्रम संवत १९३६ को शिलापत्र अनुसार पोखरी १८२१ मा भीमसेन थापाबाट जीर्णोद्धारा गरेका थिए । २०५२ सालबाट मर्मत कार्य सूरु गरिएको पोखरी २०५४ सालमा सम्पन्न भएको थियो ।Siddha Pokhari Bhaktapur  (6)

हाल पोखरीको अवलोकन गर्न आउनेहरुको ठूलो भीड लाग्ने गरेको छ । शनिवारको दिन विशेष गरी मानिसहरु बढी आउने गरेका छन् ।

थप तस्बिर:Siddha Pokhari Bhaktapur  (10)

Siddha Pokhari Bhaktapur  (2) Siddha Pokhari Bhaktapur  (1) Siddha Pokhari Bhaktapur  (4) Siddha Pokhari Bhaktapur  (7)