२० कात्तिक, काठमाडौं । हास्यकलाकार तथा चलचित्र निर्माता दीपकराज गिरीले पछिल्लो समय चर्किदै गएको सीमा अतिक्रमणको बिषयमा बोलेका छन् । उनले चलचित्र क्षेत्रसँग तुलना गर्दै सीमा अतिक्रमणको विषयमा चोटिलो व्यङ्ग्य गरेका छन् ।

सामाजिक सञ्जाल मार्फत उनले आफूहरुले बलिउड चलचित्रको अतिक्रमण भयो भनेर कराउँदा कसैले नसुनेको बताउँदै सीमाको विषयमा बोल्ने कसको हिम्मत भन्दै प्रश्न गरेका छन् । यस्तो छ उनको स्टाटसः

लौ न बलिउडले पूरै पेल्यो यो सांस्कृतिक अतिक्रमण हूदैछ अलि कन्ट्रोल गर भनेर कराउदा कराउदा त कसैले सुनेन सिमाना को बारेमा बोल्ने ताक़त कस्को सिमाना र संस्कृति दूबै ख़तरामा

Posted by Deepak Raj Giree on Wednesday, November 6, 2019

भारतले आफ्नो राजनीतिक नक्सा सोमबार सार्वजनिक गरेसँगै नेपालको दार्चुला जिल्लामा रहेको कालापानी र लिपुलेक भारतमा राखेको छ । यसपछि सामाजिक सञ्जालमा भारतको व्यापार विरोध भएको छ भने नेपाल मजदुर किसान पार्टीले बुधबार भक्तपुरमा विरोध प्रदर्शन समेत गरेको छ ।

यसका साथै नेपाली कांग्रेसले पनि आफ्नो धारणा सार्वजनिक गर्दा सरकार भने अझै मौन छ । सरकारले यसविषयको अध्ययन भइरहेको भन्दै कुननीतिक विषयमा हल्काफुल्का टीप्पणी गर्न नहुने जनाएको छ । बुधबार एक दैनिक पत्रिकासँगको कुराकानीमा प्रधानमन्त्रीको परराष्ट्र सल्लाहकार डाक्टर राजन भट्टराईले यस्तो बताएका हुन् ।