१ कात्तिक, काठमाडौं ।
विगतका वर्षहरुमा जस्तो हास्य कलाकारहरुको संगठन सिस्नोपानी नेपालले काठमाडौंको व्यंग्यात्मक देउसी कार्यक्रम आयोजना गरेको छ ।

देउसीमा प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी ओली, माओवादी अध्यक्ष पुष्प कमल दाहाल, मधेसकेन्द्रित दलका नेताहरु कलाकारको प्रहारमा परेका छन् ।

त्यसैगरी आयल निगमका गोपाल खड्कादेखि मेडिकल माफिया र अख्तियारका प्रमुखसम्मलाई व्यंग्य गरिएको छ । देशको समसामयिक परिस्थितिलाई सजीवरुपमा प्रस्तुत गरिएको कार्यक्रममा देशका प्रतिष्ठित हास्य कलाकारहरुको सहभागितामा रहेको थियो ।

कार्यक्रममा आफैंमाथिको व्यंग्य सुन्नका लागि राजनीतिक दलका केही नेताहरु पनि सहभागी बनेका थिए । विगतका वर्षहरुमा जस्तै आयोजना गरिएको यसवर्षको व्यंग्यात्मक देउसीलाई सिस्नुपानी नेपालले ‘भ्रष्टाचारविरुद्ध सिस्नुपानी देउसी’ को संज्ञा दिएको छ ।