२२ फागुन, सिरहा ।
विखण्डनकारीको आरोप लागेका सिके राउतलाई थप २० दिन थुनामा राखेर अनुसन्धान गर्न जिल्ला अदालत सिरहाले आदेश दिएको छ । यो अदालतको चौथो आदेश हो । राउतविरुद्ध संगठित अपराध अन्तर्गतको मुद्दा लगाइएको छ ।

गएको माघ २१ गते सिरहा जिल्ला अदालतमा उपस्थित गराइएका राउतलाई अनुसन्धानका लागि १० दिनसम्म थुनामा राख्ने आदेश दिएको थियो । दोस्रो पटक फागुन १ गते १० दिन, तेस्रो पटक ११ गते १० दिन म्याद थपेको थियो ।

प्रहरीले राउटको पक्राउ विरुद्ध प्रदर्शन गर्ने ८ जना लाई पनि राज्य विरुद्धको संगठित अपराध अन्तर्गतको मुद्दामा अनुसन्धान गरिरहेको छ ।

देश टुक्र्याउने अभिव्यक्तिसहित माघ ५ गते लहानमा ‍भाषण गरेको आधारमा जनकपुर प्रहरीको माघ २० गते राउतलाई पक्रेको थियो ।

यो पढ्नुस्।

मेसीले फोनको संकेत गरेपछि विश्वभर हंगामा !