काठमाडौं ।

नेपालमा राज्य विप्लवको मुद्धा खेपेका र पटक पटक पक्राउ पर्दै छोड्दै गरेका विवादास्पद मधेशी अभियान्ता सीके राउतको अलग मधेश बनाउने भन्ने अभियानलाई भारतीय मिडियाले बढाइ चढाइ गरी प्रस्तुत गर्न थालेका छन् । भारतको चर्चित अखबार अमर उजालाले ‘नेपाल में सुलग रही मधेशी राष्ट्र बनाने की चिंगारी, आन्दोलन तेज’ शीर्षकमा सीके राउतको अभियानका विषयमा विशेष फिचर प्रकाशित गरेको छ ।

CK Raut Interview 1

अमर उजालाको शनिबारीय अंकको फिचरमा प्रभंजन शुक्लाले नेपालमा जनयुद्धको समाप्तिपछि अव मधेशलाई अलग राज्य बनाउने आन्दोलन ससक्तरुपमा उठेको भनेका छन् । तराइका २२ जिल्लामा यो आन्दोलन चलिरहेको र यसका अभियान्ताले मधेशको छुट्टै नक्शा र राष्ट्रगान समेत प्रस्ताव गरेको उल्लेख छ ।

[quote_box_left]मधेशमा बस्ने करिव सभा करोड मानिसलाई समेट्न यो आन्दोलन भैरहेको भनिएको उक्त समाचार फिचरमा सीके राउतलाई गान्धीबादी नेताकोरुपमा समेत चित्रित गरिएको छ । त्यसैगरी भारतबाट समेत यो आन्दोलनलाई सहयोग हुने अपेक्षा रहेको र भारतीय राजनीतिक दलहरुलाई पत्र लेख्ने तयारी भैरहेको समेत उल्लेख छ ।[/quote_box_left]
यो आन्दोलनको नेतृत्व गरिरहेका विवादास्पद ब्यक्तित्व सीके राउतलाई अमर उजालाका प्रभंजन शुक्लाले भने अमेरिकाबाट फर्किएका बैज्ञानिक भनेर चिनाएका छन् ।

Amar Ujala feature on CK Raut

मधेशमा बस्ने करिव सभा करोड मानिसलाई समेट्न यो आन्दोलन भैरहेको भनिएको उक्त समाचार फिचरमा सीके राउतलाई गान्धीबादी नेताकोरुपमा समेत चित्रित गरिएको छ ।

[quote_box_right]सीके राउत १ वर्षमा १५ पटक जेल गएको तर सरकार पछि हट्न बाध्य भएको समेत उक्त फिचरमा विशेष बक्स बनाएर प्रस्तुत गरिएको छ । यो फिचरमा सीके राउतका प्रवक्ता अब्दुल्ला अब्दुल्ला खानलाई उदृत गर्दै सीके राउत अमेरिकामा बैज्ञानिक रहेको र उनी मधेशमा रहेको उत्पीडन र रंगभेदी शोषण विरुद्ध विद्रोह गर्न नेपाल आएको भनेर महानरुपमा प्रस्तुत गरिएको छ ।[/quote_box_right]

त्यसैगरी भारतबाट समेत यो आन्दोलनलाई सहयोग हुने अपेक्षा रहेको र भारतीय राजनीतिक दलहरुलाई पत्र लेख्ने तयारी भैरहेको समेत उल्लेख छ ।

Amar Ujala feature on CK Raut

यो आन्दोलनले मेची नदी देखि राप्ती नदी सम्मको भूभागलाई मधेश मानेको भनेर अंग्रेज नेपालको सम्झौता समेतको हवाला दिइएको छ ।

सीके राउत १ वर्षमा १५ पटक जेल गएको तर सरकार पछि हट्न बाध्य भएको समेत उक्त फिचरमा विशेष बक्स बनाएर प्रस्तुत गरिएको छ । यो फिचरमा सीके राउतका प्रवक्ता अब्दुल्ला अब्दुल्ला खानलाई उदृत गर्दै सीके राउत अमेरिकामा बैज्ञानिक रहेको र उनी मधेशमा रहेको उत्पीडन र रंगभेदी शोषण विरुद्ध विद्रोह गर्न नेपाल आएको भनेर महानरुपमा प्रस्तुत गरिएको छ ।

Amar Ujala feature on CK Raut 1

नेपालमा निक्कै आलोचित र विवादित रहेका सीके राउतलाई बाहिरी शक्तिले परिचालन गरेको भनेर समेत टिका टिप्पणी हुने गरेका छन् ।

ckraut banner

केही दिन अघि मात्र एम्नेष्टी इन्टरनेशनले सीके राउतको बचाउ गर्दै विज्ञप्ति नै प्रकाशित गरेको थियो ।

Amnesty-International press release
नेपालमा पदाधिकारीहरुले संस्था छोड्ने लहर चलेपछि मानवअधिकारबादी संस्था एम्नेष्टी इन्टरनेशनलले विवादास्पद मधेशी अभियान्ता सीके राउतले बोल्न पाउनु पर्ने तर्क गर्दै ‘एउटा स्वतन्त्र र निष्पक्ष संस्थाका नाताले एम्नेस्टी इन्टरनेसनलको चासोको विषय भनेको जुनसुकै राजनीतिक झुकावको व्यक्ति किन नहोस् उसको पनि मानवअधिकार संरक्षित हुनु पर्दछ भन्ने मात्र हो’ भनेको छ ।