२ असोज, काठमाडौं । नेपाली लेग स्पिनर सन्दिप लामिछाने हाल वेष्ट इन्डिजमा जारी क्यारेवियन प्रिमियर लिगको अन्तिम चार खेल नखेल्ने भएका छन् ।

नेपाली क्रिकेट टिमले सिंगापुर र ओमानमा दुई वटा टी–२० सिरीज खेल्ने भएकाले उनी बीचमै नेपाली टिममा फर्कनेछन् । दुबै सिरीजका लागि सन्दिप टिममा परेका छन् । उनले नेपाली टीमसँग सिंगापुरमै भेट्नेछन् ।

सिंगापुर र ओमानमा हुने टी–२० सिरीजका लागि नेपाली टिमको बिहीबार घोषणा गरिएको थियो । टीममा पहिलो पटक कुशल मल्ल र इशान पाण्डे परे भने ज्ञानेन्द्र मल्ल, शरद भेषावकर र बसन्त रेग्मी अटाएनन् ।

क्यारेबियन प्रिमियर लिगमा सन्दिपले खेलेका तीन खेलमा चार विकेट लिएका छन् । अब उनको टिमले शुक्रबार राती चौथो खेल खेल्दैछ ।