२९ साउन, एजेन्सी । पाकिस्तानी प्रधानमन्त्री इमरान खानले भारतलाई सबक सिकाउने बेला आएको बताएका छन् ।

स्वतन्त्रता दिवसका अवसरमा पाकिस्तान प्रशासित कश्मीरको राज्यसभाको विशेष सत्रमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । जम्मू कश्मीरको विशेषाधिकार खारेज गरेर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अन्तिम अस्त्र प्रहार गरेको भन्दै उनले भनेका छन्, “मोदीले संविधानको धारा ३७० खारेज गरेर हिटलरले नाजीहरुलाई अन्तिम निशाना अन्तिम कार्ड फालेका छन् ।”

उनले भारत अब पाकिस्तान प्रशासित कश्मीरमा केही कदम चाल्ने तयारी रहेको भन्दै थपे, यदि उसले युद्ध चाहन्छ भने पाकिस्तान त्यसका लागि पूर्ण तयार छ । प्रधानमन्त्री नरेन्द्र मोदीको नाम लिँदै सिर्ध भने, तपाइको इटको जवाफ पत्थरले दिनेछौं ।

बुधबार पाकिस्तानी प्रधानमन्त्री इमरान खान पाकिस्तान प्रशासित कश्मीरको राजधानी मुजफ्फरावाद पुगेका हुन् ।