३० असोज, मकवानपुर । मकवानपुरको बकैयामा एक व्यक्तिले अन्धाधुन्ध बञ्चरो प्रहार गर्दा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

bancharo prahar

बकैया गाउँपालिका ३ जलजलेका ५० वर्षीय सुकबहादुर पाख्रिनले आपसी झगडामा अन्धाधुन्ध बञ्चरो प्रहार गर्दा छिमेकी ५० वर्षीया सन्तमाया लो को मृत्यु भएको हो । बञ्चरो प्रहारबाट गम्भीर घाइते भएकी लोको उपचारका क्रममा चुरेहिल अस्पताल हेटौंडामा मृत्यु भएको हो ।

मृतकका श्रीमान ५५ बर्षीय काल बहादुर लो र स्थानीय २६ बर्षीया दिधिमाया मोक्तान घाइते भएको र उनीहरुको पनि चुरेहिल अस्पतालमै उपचार भइरहेको मकवानपुरका प्रहरी प्रवक्ता डिएसपी यज्ञप्रसाद भट्टराईले जानकारी दिनुभयो । हत्यामा संलग्न पाख्रिनलाई हतियारसहित पक्राउ गरी अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।