६ साउन, काठमाण्डौ ।

संविधानको प्रारम्भिक मस्यौदा माथि सुझाव दिने समय सकिएको छ । सुझाव दिनका लागि सचिवालयले निर्धारण गरेको समय सकिए पनि व्यक्तिगत नभई संस्थागत सुझाव भने भोलीसम्म पनि दिन सकिनेछ ।

निर्धारित समयमा अहिलेसम्म सचिवालयमा विभिन्न माध्यामबाट ३३ हजार भन्दा बढी सुझाव संकलन भएका छन् । त्यसमध्ये सचिवालयको वेभसाइट मार्फत सबैभन्दा बढी सुझाव संकलन भएका छन् ।

सचिवालयका सहप्रवक्ता सुदर्शन कुँईकेलका अनुसार वेभसाइटबाट सबैभन्दा धेरै २० हजार ७ सय २२ सुझाव प्राप्त भएका छन् । त्यस्तै इमेल मार्फत ८ हजार ८ सय, टोलफ्रि मार्फत २ हजार ४ सय ७१, फ्याक्सबाट एक हजार ८० र सोझै २ सय ४३ जनाले सुझाव दिएका हुन् ।

साउन महिनामा मात्र संस्थागत रुपमा संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङलाई नै एक सयभन्दा बढीले सुझाव बुझाएका छन् । प्राप्त सुझावलाई नागरिक सम्बन्ध तथा संविधान सुझाव समितिले वर्गिकरण प्रतिवेदन लेखनको काम शुरु गर्ने तयारी गरेको छ ।