४ साउन, काठमाडौं।

नयाँ संविधानको प्रारम्भिक मस्यौदाको लागि राय सुझाव संकलन गर्न सरकारले २ दिन सार्वजनिक बिदा नै दियो। मस्यौदा लिएर सभासदहरु आफ्ना आफ्ना गाँउ पसे। संविधान सभाको चौथौ ठुलो दलको रुपमा रहेको राप्रपा नेपाल र मधेशवादी केही दलहरुले भने सुझाव संकलनमा भाग नलिने घोषणा पनि गरे। आफ्ना क्षेत्रमा गएका ठुला पार्टीका ठुला नेताहरुलाई भने सुझाव संकलन कार्य निकै कठिन बनिदियो। माधव नेपाल, प्रचण्ड, अर्थ मन्त्री डा रामशरण महत लगायत ढुङ्गामुढा र विरोधको शिकार बने। अझ मस्यौदाको विरोध गर्दै मस्यौदा जलाउने कार्यक्रम त यसैपनि तनावग्रस्त हुने नै भयो। पढ्नुहोस् दिनभर के के भयो देशभर,

  • सुझाव संकलनका लागि रौतहट पुगेका पुर्व प्रधानमन्त्री एवं एमाले नेता माधव नेपालमाथि कुर्सी प्रहार भएको थियो। गौरस्थित नगरपालिका हलमा सुझाव संकलन भैरहेको समयमा आज बिहान नेपालमाथि सद्भावना पार्टीका समर्थकहरुले कुर्सी प्रहार गरेका थिए। Madhav nepal attack (1)स्थिति नियन्त्रणका लागि प्रहरीले केही राउण्ड अश्रु ग्याँस र हवाइ फायर समेत गर्नुपरेको थियो। पुरा पढ्नः माधवमाथी कुर्सी प्रहार, भयो हवाई फायर
  • रेडक्रस सभाहलमा झापा–७ का सभासद् तथा एमाले अध्यक्ष ओली बोलिरहँदा लिम्बुवानका कार्यकर्ताले हल बाहिर चर्को नाराबाजी र माइक तोडफोड गरेपछि स्थिति नियन्त्रणमा लिन ती दुई प्रदर्शनकारीलाई प्रहरीले पक्राउ गरेको थियो। पुरा पढ्नः ओलीको कार्यक्रममा नारावाजी र माइक तोडफोड
  • ५ दिने भारत भ्रमण सकेर काठमाडौं फर्के लगत्तै संविधानको मस्यौदामा सुझाव लिन निर्वाचिन क्षेत्र सिराहा पुग्दा एमाओवादी अध्यक्ष प्रचण्डले कालो झण्डाको सामाना गर्नु पर्यो। प्रचण्ड मिर्चैया पुग्नासाथ उनी विरुद्ध चर्को नारावाजी भएको थियो । मोहन बैद्य र मातृका यादवका कार्यकर्ताले कालो झण्डा देखाउँदै प्रचण्ड विरुद्ध चर्को नारावाजी गरेका थिए । पुरा पढ्नः प्रचण्ड पुग्दा सिराहामा तनाव, नारावाजी र लाठी चार्ज
  • संविधानको पहिलो मस्यौदामाथि छलफल गर्न र सुझाव लिन सिराहा पुगेका एमाओवादीका अध्यक्ष पुष्पकमाल दाहाल प्रचण्डमाथि आक्रमण प्रयास भएको छ । सिराहा ५ का सभाषदकोरुपमा त्यहाँ पुगेका प्रचण्डलाई शुरुमै कालो झण्डा देखाइयो भने भाषण गर्न मञ्चमा जान लाग्दा ढुंगा मुढा नै भयो । पुरा पढ्नः प्रचण्डले भाषण गर्न थाल्दा ढुंगा-मुढा, आधा घण्टामै काठमाडौं फर्किए
  • अर्थमन्त्री एवं नुवाकोट क्षेत्र नं २ का सभासद डा. रामशरण महतलाई लक्षित गरी नुवाकोटमा पेट्रोल बम प्रहार भयो। संविधानको मस्यौदामा सुझाव संकलनका लागि नुवाकोटको खरानीटार जाँदै गरेका महतको गाडिलाई लक्षित गरी गणेस्थान गाविसको छेदीखोलामा बम प्रहार भएको थियो। पुरा पढ्नः अर्थमन्त्रीको गाडीमा पेट्रोल बम हानियो
  • नेपालको संविधान, २०७२ को प्रारम्भिक मस्यौदाले आम जनताको भावनालाई सम्बोधन गर्न नसकेको भन्दै नेकपा–माओवादीका कार्यकर्ताले आज कीतिपुरमा जनमत सङ्कलन कार्यमा अवरोधको प्रयास गरेका थिए। कीतिपुरको पाँगामा नागरिक सम्बन्ध तथा संविधान सुझाव समितिले आयोजना गरेको जनमत सङ्कलन कार्यलाई प्रभावित तुल्याउने उद्देश्यले ती कार्यकर्ताले मस्यौदा च्यातेका हुन्। पुरा पढ्नः बैद्य माओवादीले किर्तिपुरमा मस्यौदा च्यात्यो

विशेषगरी तराईका जिल्लामा केही मधेसकेन्द्रित दलले मस्यौदामाथि विरोध जनाउँदै विरोध प्रदर्शन गरिरहेका छन् भने अन्य जिल्लामा सुझाव सङ्कलन शान्तिपूर्ण भइरहेका छन् ।

भाषाको विवाद
कावासोती– मस्यौदामा नागरिकको सुझाव लिन आएका सभासद्को टोली आफ्ना निर्वाचन क्षेत्रमा सुझाव लिइरहेको अवस्थामा आपसमा भनाभन हुँदा नवलपरासी क्षेत्र नं ५ मा सुझाव सङ्कलन नै रोकिएको छ ।

सुझाव राख्ने क्रममा केही नागरिकले हिन्दी भाषामा सुझाव राख्दा अन्य सहभागीले नेपाली भाषामा बोल्नुपर्ने आवाज उठाएपछि भनाभन भएको थियो । भनाभनलाई साम्य पार्दै अगाडि बढ्दा पनि बीचमा फेरि त्यस्तै समस्या देखिएको थियो । भनाभनले उग्ररुप लिएपछि आजका लागि सुझाव लिने काम सकिएको प्रजिअ हरिप्रसाद मैनालीले जानकारी दिए।

भाषाको विवादले कार्यक्रमस्थलमै होहल्ला भएपछि उनीहरूले आफ्नो विरोधलाई चर्को बनाएका थिए । मधेसकेन्द्रित केही दलले यसपछि विरोधलाई चर्को बनाएका हुन् । क्षेत्र नं ४ र ६ मा पनि सुझाव सङ्कलनको सुरुमा विरोध आए पनि अहिले शान्तिपूर्ण तवरले सुझाव सङ्कलन भइरहेको बताइएको छ ।

‘पूर्ण प्रेस स्वतन्त्रता कायम हुनुपर्छ’

वीरगन्ज– नयाँ संविधानमा प्रेस र अभिव्यक्ति स्वतन्त्रतालाई सङ्कुचित पार्न खोजेकाले त्यसलाई सच्याउन यहाँका सञ्चारकर्मी तथा नागरिक समाजका अगुवाले सुझाव दिएका छन् ।

यहाँ आयोजित सुझाव सङ्क्कलन कार्यक्रममा उनीहरुले नयाँ संविधानमा ‘पूर्ण प्रेस स्वतन्त्रता’ नै कायम गर्न सक्नुपर्छ भने।

अन्तरिम संविधान–२०६३ को प्रस्तावनामै पूर्ण प्रेस स्वतन्त्रता भन्ने वाक्यांश रहेकामा मस्यौदामा पूर्ण शब्द हटाउँदा पहिले दिएको स्वतन्त्रतामाथि सङ्कुचन गर्न खोजिएको अर्थ लाग्ने उनीहरुको भनाइ थियो । कार्यक्रममा नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य शीतलप्रसाद महतो, नेपाली काँग्रेसका नेता राजकृष्ण अमात्य, मानवअधिकारकर्मी परमानन्द चौधरीलगायतले प्रेसलाई कुनै पनि ढङ्गले सङ्कुचित गर्ने खालको प्रावधान नराख्न आग्रह गरे।

राय सङ्कलन स्थगित

धनुषा– धनुषा क्षेत्र नं २, ४ र ५ मा मस्यौदामाथि विरोध गर्दै प्रदर्शन हुन थालेपछि राय सङ्कलन स्थगत गरिएको छ ।

क्षेत्र नं ४ मा राय सङ्कलनका लागि तय गरिएको कार्यक्रमस्थल जनकपुर उद्योग वाणिज्य सङ्घ अगाडि मधेसकेन्द्रित दलका नेता, कार्यकर्ताले प्रदर्शन गरेपछि झडप भएको थियो । बिहान ११ बजेका लागि तय गरिएको कार्यक्रममा अवरोध उत्पन्न भएपछि अपराह्न् ३ बजे कार्यक्रम स्थगन गरिएको थियो ।

निर्वाचन क्षेत्र नं २ र ५ मा पनि राय सङ्कलनको विरोध हुन थालेपछि कार्यक्रम स्थगन गरिएको बताइएको छ । निर्वाचन क्षेत्र नं १, ३, ६ र ७ मा विरोधका बीच निर्धारित समयभन्दा ढिलो गरी कडा सुरक्षाका साथ राय सङ्कलन कार्यक्रम सञ्चालन भएको थियो । राय सङ्कलनमा सहभागी सर्वसाधारणले सीमाङ्कनसहितको सङ्घीयता ल्याउनुपर्ने राय सुझाव दिएका छन् ।

हिन्दू राष्ट्र माग

धादिङ–यहाँका जनताले धार्मिक स्वतन्त्रतासहितको हिन्दू राष्ट्र स्थापना हुनुपर्नेमा जोड दिएका छन् ।

यहाँ भएको सुझाव सङ्कलन कार्यक्रममा अधिकांशले हिन्दू राष्ट्रको पक्षमा धारणा राखे । उनीहरुले बलात्कारीलाई मृत्युदण्ड दिनुपर्ने, सीमाङ्कनसहितको संविधान जारी गर्नुपर्ने र पूर्ण प्रेस स्वतन्त्रता हुनुपर्ने सुझाव पनि दिए ।

हेटौँडा– मकवानपुरको क्षेत्र नं १ को जनमत सङ्कलन गर्ने क्रममा हेटौँडा उपमहानगरपालिकाको हटियामा सुझाव सङ्कलन कार्यक्रमस्थलमा राप्रपा नेपाल मकवानपुरले मोटरसाइकल यात्रा गरी संविधानमा हिन्दू राष्ट्र कायम गर्नुपर्छ भन्ने माग गर्दै नारा, जुलुस र धर्ना गरेको छ ।

सुझाव सङ्कलन कार्यक्रममा राप्रपा नेपालका कार्यकर्ताले नेपाललाई हिन्दू राष्ट्र कायम गर्नुपर्ने सुझाव दिएका छन् ।
जनमत सङ्कलन कार्यक्रममा सभासद् इन्द्रबहादुर बानियाँ र अनन्तप्रसाद पौडेल, प्रजिअ रामप्रसाद थपलियालगायत संविधानसभाबाट खटिएका कर्मचारीको सहभागिता थियो ।

चितवन– यहाँ सर्वसाधारणले हिन्दू राज्य हुनुपर्ने, सबै निकायका प्रतिनिधि प्रत्यक्ष निर्वाचित हुनुपर्ने, सबै तहमा शिक्षा र स्वास्थ्य निःशुल्क हुनुपर्ने, रोजगारीको प्रत्याभूति हुनुपर्ने, चितवनलाई प्रदेशको राजधानी बनाउनुपर्ने, थारु, चेपाङ स्वायत्त क्षेत्र घोषणा गर्नुपर्ने, महिला आरक्षणको व्यवस्था हुनुपर्ने जस्ता विषयलाई संविधानमा समेट्न सुझाव दिएका छन् ।

सो कार्यक्रममा प्रत्यक्षतर्फका सभासद् विक्रम पाण्डे र समानुपातिक सभासद् उमेश श्रेष्ठले सुझाव सङ्कलन गर्नुभएको थियो । चितवनका प्रजिअ विनोदप्रकाश सिंहले दुई सय ५० देखि सात सय जनासम्मको सहभागितामा पाँच ठाउँमा शान्तिपूर्ण ढङ्गबाट सुझाव सङ्कलन भएको बताए।

सुझाव राख्न पाएनन्

लुम्बिनी (रुपन्देही) रुपन्देहीको क्षेत्र नं ६ र ७ का अधिकांश जनता संविधानको पहिलो मस्यौदामा सुझाव राख्नबाट वञ्चित भएका छन् ।

मधेसी जनताको बाहुल्य रहेको क्षेत्र नं ६ र ७ मा सुझाव सङ्कलन केन्द्रमा मधेसकेन्द्रित दलका नेता तथा कार्यकर्ताले मस्यौदा नियन्त्रणमा लिएकाले जनता सुझाव राख्नबाट वञ्चित भएका हुन् ।

आफ्नो राय सुझाव राख्न भन्दै पाँच/सात किमी टाढादेखि केन्द्रमा पुग्नुभएका लुम्बिनीका अमेरिका कोहारले मधेसकेन्द्रितको विरोधका कारण सुझाव राख्न नपाइएको बताउँदै यसबाट आफ्नो राय सुझाव राख्न पाउने अधिकारको हनन भएको गुनासो गर्नुभयो ।