२८ मंसिर, काठमाडौं । कान्तिपुर दैनिकका सम्पादक सुधिर शर्माले हालै ‘द नेक्सस’ किताब प्रकशित गरे । कितावमा माओवादीको भित्री कुराहरु समावेश गरिएको छ भने दरबार र दिल्लीको सम्बन्धलाई पनि देखाइएको छ ।

किताव प्रकासनमा आएसँगै पूर्वमाओवादी नेता डाक्टर बाबुराम भट्टराईले नन–फिक्सन किताब भएकोले गलत र हानिकारक भएको प्रतिक्रिया दिएका छन् । सामाजिक सञ्जाल ट्वीटरमार्फत उनले नेपालका सबै लोकतान्त्रिक र क्रान्तिकारी आन्दोलन बाहिरी डिजाइनमा भएको भन्नु नेपाल र नेपालीको घोर अपमान भएको बताएका छन् ।

उनले लेखेका छन्, ‘सुधीर शर्माको द नेक्सस एउटा फिक्सन भइदिएको निकै राम्रो मान्न सकिन्थ्यो तर समकालीन नेपालको जीवन्त इतिहाससँग सम्बन्धित नन फिक्सन भएकोले यसको मूल स्पिरिट गलत र हानिकारक छ । नेपालका सबै लोकतान्त्रिक र क्रान्तिकारी आन्दोलन बाहिरी डिजाइनमा भएको भन्नु नेपाल र नेपालीको घोर अपमान भएको बताएका छन् ।’