३० फागुन, काठमाडौं । सुनको भाउ आजै तोलामा ३ हजार रुपैयाँ घटेको छ । अन्तर्राष्ट्रिय बजारमै महंगो भएपछि लगातार उकालो लागेको सुनको भाउ आज एकैपटक ३ हजार रुपैयाँ घटेको हो ।

हिजो तोलाको ८१ हजार ५ सय रुपैयाँ रहेको सुन आज ७८ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । गत मंगलबार अहिलेसम्मकै उच्च ८२ हजार ७ सय रुपैयाँ तोला पुगेको सुन त्यसयता घट्न थालेको हो ।

आज चाँदी पनि तोलामा ४० रुपैयाँ घटेको छ । हिजो ८ सय ६० रुपैयाँ तोलामा कारोबार भएको चाँदी आज तोलाको ८ सय २० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।