२२ भदौ, काठमाडौं । सुनको भाउ ओरालो लाग्न सुरु भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ आज तोलामा ५ सय रुपैयाँ घटेको हो ।

शुक्रबार ७२ हजार तोलामा कारोबार भएको छापावाल सुन आज ७१ हजार ५ सय रुपैयामा किनबेच भइरहेको छ । सुन यो महिना अहिलेसम्मकै उच्च ७३ हजार ५ सय रुपैयाँ तोलासम्म पुगेको थियो ।

आज चाँदी पनि तोलामा १५ रुपैयाँ घटेर ८ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी पनि यो महिना तोलाको ९ सय ४० रुपैयाँसम्म पुगेको थियो ।