२० पुष, काठमाडौं । सुनको भाउले दिनहुँ नयाँ रेकर्ड बनाएको छ । शुक्रबार एकै दिन एक हजारले बढेको सुनको भाउ साताको पहिलो दिन आइतबार पनि थप एक हजार रुपैयाँले बढेको छ ।

आज सुन तोलाको ७५ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । या अहिलेसम्मकै उच्च हाे । बिहीबार ७३ हजार ५ सय रहेको सुनको भाउ शुक्रबार तोलाको ७४ हजार ५ सय रुपैयाँ पुगेको थियो । अन्तर्राष्ट्रिय बजारमै सुनको भाउ बढिरहेकाले नेपालमा पनि बढेको महासंघको भनाई छ ।

चाँदी भने आज स्थिर रहेको छ । चाँदी तोलको ९ सय रुपौयाँमा किनबेच भइरहेको छ । सुनको भाउ लगातार उकालो लागेपछि कारोबारम ागिरावट आएको व्यवसायीहरुको भनाई छ । सुनको भाउ ८० हजारसम्म पुग्नसक्ने व्यवसायीको अनुमान छ ।