२४ साउन, काठमाडौं । दिनदिनै उकालो लागिरहेको सुनको मूल्य शुक्रबार भने स्थिर रहेको छ । साउन लागेयता लगातार बढिरहेको सुनको मूल्य शु्क्रबार तोलाको ७० हजार रुपैयाँमै कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधबार १५ सय रुपैयाँ बढेको सुनको मूल्य बिहीबार ५ सय रुपैयाँ बढेको थियो । यस्तै शुक्रबार सुनको मूल्यमा कुनै फेरबदल आएको छैन । योसँगै शुक्रबार सुन तोलको ७० हजार र चाँदी तोलाको ८ सय २५ रुपैयाँमा कारोबार हुनेछ ।

सुनको मूल्य बढेयता कारोबारमा पनि कमि आएको व्यवसायीको गुनासो छ । व्यवसायीहरुका अनुसार चीन र अमेरिककाका व्यापार युद्धको कारण सुनको मूल्य आकाशिएको हो । गतवर्षको साउनमा ५४ हजारमा कारोबार भएको सुनको मूल्य एक वर्षमै १६ हजार बढेको छ ।