९ फागुन, काठमाडौं । सुनको मूल्य आज पनि वृद्धि भएर रेकर्ड कायम गरेको छ । साताको छैटौँ दिन शुक्रबार सुनको मूल्य ५ सय रुपैयाँ प्रतितोला बढेर कीर्तिमान कायम गर्दा चाँदीको मूल्य भने स्थिर रहेको छ ।

शुक्रबार छापावाल सुन प्रतितोला ७८ हजार १ सय रुपैयाँमा कारोबार हुँदा तेजाबी सुनको मूल्य ७७ हजार ८ सय रुपैयाँ कायम रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार चाँदी शुक्रबार पनि ९ सय १५ रुपैयाँ तोलामै कारोबार भइरहेको छ ।

पछिल्लो केहीदिन देखि सुनको मूल्य आकाशिएको छ । यो सातामा सुनको मूल्यले दिनदिनै रेकर्ड कायम गर्न थालेको छ । यसअघि बिहीबार सुनको मूल्य सर्वाधिक ७७ हजार ६ सय रुपैयाँ प्रतितोला कायम भएको थियो ।