८ साउन, काठमाडौं ।

केही दिन यता निरन्तर घटिरहेको सूनको मूल्यमा शुक्रबार पनि थप गिरावट आएको छ । नेपाली बजारमा सुनको मूल्य शुक्रबार मात्र ८ सय रुपैयाँले घटेको छ ।
सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार १ तोला सुनको मूल्य ४७ हजार २ सय रुपैयाँमा खरिद विक्री भैरहेको छ । चार वर्ष यताकै कम विन्दुमा पुगेको सुन बुधबार एकै दिन १५ सय रुपैयाँ घटेर ४८ हजारमा झरेको थियो ।

gold rule 1

हालैको बजेटले गरेको कर र अन्तराष्ट्रिय बजारको प्रभावले नेपाली बजारमा सुनको मूल्य प्रभावित भएको छ ।

२ वर्ष अघि असार महिनामा सुन प्रतितोला ४८ हजार १ सय रुपैयाँमा झरेको थियो । त्यसपछि यति कम भएको पहिलो पटक हो ।