८ असोज, काठमाडौं । सुनको मूल्य बुधबार फेरि बढेको छ । मंगलबार तोलाको ७१ हजार ४ सय रुपैयाँ रहेको सुन बुधबार ६ सय रुपैयाँ बढेको हो ।

बुधबार सुन तोलाको ७२ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सुन अघिल्लो महिनामा सुनको भाउ अहिलेसम्मको उच्च तोलाको ७३ हजार ५ सय रुपैयाँसम्म पुगेको थियो । बुधबार चाँदी पनि तोलामा ५ रुपैयाँ बढेर ८ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ ।