२१ माघ, काठमाडौं । साताको तेश्रो दिन सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । आज सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले घट्दा चाँदीको मूल्य तोलामा १० रुपैयाँ घटेको हो ।

मंगलबार छापावाल सुन तोलाको ७६ हजार रुपैयाँमा कारोबार हुँदा तेजाबी सुन ७५ हजार ७ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार मंगलबार चाँदीको मूल्य तोलाको ८ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार स्थिर रहेको सुनचाँदीको मूल्य मंगलबार भने घटेको छ ।